काठमाडौं, असोज २२ । आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो।
अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरीयता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको छ।
नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जितेयता एकदिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो।
अब नेपालले लिग–२ शृङ्खलामा आइतबार क्यानडासँग खेल्नेछ। शृङ्खलामा घरेलु टोली ओमान, नेपाल र क्यानडा सहभागी छन्।
एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ। न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।












प्रतिक्रिया दिनुहोस्