जनता टाइम्स

२० माघ २०७८, बिहीबार २०:२२

एमालेबिरुद्ध ‘फेक न्यूज’ उत्पादनको कारखाना बन्दै कान्तिपुर, टोपबहादुरको यो भिडियोले गरिदियो भण्डाफोर


काठमाडौं, माघ २० । कान्तिपुर दैनिकले योजना बनाएरै झुटो समाचार र तीब्र प्रभावी हेडलाइन दिएको प्रमाण आफ्नै भिडियोले उजागर गरेको पाइएको छ । बिहीवार एमाले सचिव टोपबहादुर रायमाझीले रिपोटर्श क्लवको सात्क्षात्कारमा दिनुभएको अभिब्यक्तिलाई शतप्रतिशत उल्टो बनाएर हेडलाइन दिई कान्तिपुरले अफवाहको कारखनामा परिणत भएको प्रमाण दिएको हो ।

एमाले सचिव रायमाझीको भिडियो नै हालेर समेत कान्तिपुरले ठीक उल्टो हेडलाइन बनाएको छ । कार्यक्रममा खिचिएको भिडियोमा एमाले सचिव रायमाझीले भन्नुभएको छ, ‘सभामुख फाल्ने प्रस्ताव राखे एमालेले सघाउँछ ।’ तर कान्तिपुरले यो भनाई भिडियोमा सुन्दै नसुनी उल्टो हेडलाइन बनाएको छ ।

आम जनतामा एमालेप्रति नकारात्मक धारणा बनाउँदै सत्ता र एमसीसीको तावेदारी गर्दै कान्तिपुरले सोही भिडियो राखेर हेडलाइन दिएको छ, ‘सभामुख हटाउने प्रस्ताव कांग्रेसले राखे एमालेले एमसीसीमा साथ दिन्छ : सचिव रायमाझी ।’

कान्तिपुरको अनलाइन एडिशनको फेसबुक पेजमा यस्तो हुँदै नभएको हेडलाइन राखेर यो भिडियो राखिएको छ । भिडियो सुन्दा रायमाझीले एमसीसी पटक पटक बहुमतवाला सरकारको बिषय भएको र एमालेले यस बिषयमा सरकारले निर्णय लिएपछि मात्रै निर्णय गर्ने भन्नुभएको छ । सभामुख हटाउने प्रस्ताव कांग्रेस आफैले ल्याएमा भने एमालेले साथ दिने भनाई रायमाझीले प्रष्ट भाषामा राख्नुभएको छ ।

कान्तिपुरमै राखिएको भिडियोको यो लिंक खोलेर सुन्नोस, दुधको दुध, पानीको पानी हुन्छ

https://fb.watch/aXEi-8eNCL/