काठमाडौं, २० माघ । स्थानीय तह को निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।
निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिनुभएको थियो । त्यसै अनुरुप निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । तर, निर्वाचनको मिति घोषणा हुन सकेको छैन । सामान्यता मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ ।
आज मन्त्रिपरिषद्बबाट स्थानीय तहको मिति तय हुने भनिएको भए पनि बैठक बसेको छैन । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा स्थानीय तहको निर्वाचनको घोषणा ओझेलमा परेको देखिएको छ । एमसिसी पास गराउनु पर्ने दबाबमा रहेका देउवाले गठबन्धन दलहरुसँगको सहमतिमा यसलाई पास गर्दै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको कतिपयको आकलन रहेको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित चुनावी मैदानमा जान चाहिरेहका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि देउवाले एमसिसी पास गर्न दबाब बढाइरहेका छन् । यदी त्यसो हुन नसके गठबन्धनको भविष्य नै अन्योलनमा पर्ने सम्भावना रहेको विषयमा समेत चर्चा भइरहँदा देउवाले निर्वाचन मितिबारे भन्दा पनि एमसिसी पास गर्ने विषयमा बढी जोड दिइरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्