जनता टाइम्स

२३ माघ २०७८, आईतवार १९:५०

काठमाडौंमा सवारी साधनमा हट्यो जोर बिजोर, फागुन १ देखि स्कुल खुल्ने (सूचनासहित)


काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

This image has an empty alt attribute; its file name is 259788855_1398401867297015_3199231251482825990_n-558x768.jpg