जनता टाइम्स

२३ माघ २०७८, आईतवार २०:१८

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ट्विट : (कु) पात्रहरू नांगिदै


काठमाडौं, माघ २३ । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल राजनीतिलाई ढाँटछलको खेल बनाउने,अन्तर्विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकोमा हान्दै अहिलेसम्म राजनीतिमा शकूनी दाउमार्ने काम गर्दैआएका नेपाली राजनीतिका कु पात्रहरू नांगिदैछन् भन्नुभएको छ ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि नेता पोखरेलले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।
पोखरेलको ट्विट

राजनीतिलाई ढाँटछलको खेल बनाउने,अन्तर्विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकोमा हान्दै अहिलेसम्म राजनीतिमा शकूनी दाउमार्ने काम गर्दैआएका नेपाली राजनीतिका (कु) पात्रहरू नांगिदैछन्।मुलुकको राजनीतिलाई विशाक्त बनाउन विदेशी शक्तिसित जालझेलपूर्ण सौदाबाजीगर्ने निर्लज्जहरूलाई सबैले चिनौं ,