जनता टाइम्स

२३ माघ २०७८, आईतवार २१:३२

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त, पाँचै जनाले लिए शपथ


सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ डम्दुल लामा (कार्चेन) पनि हुुनुहुन्छ । उहाँ माओवादीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको हो । यस्तै यसअघि सरकारमा मन्त्रीको नाम सिफारिस नगर्ने बताउँदै आएको एकीकृत समाजवादीका तर्फबाट पदमबहादुर रोकायाले शपथ लिनुभएको छ ।

उहाँ भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री नियुक्त हुनुभएको छ । कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री समाजिक विकासमन्त्री र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भई शपथ लिनुभएको छ । यस्तै माओवादीका गणेशप्रसाद सिंहले ऊर्जा तथा जलस्रोतमन्त्रीमा शपथ लिनुभएको छ ।