जनता टाइम्स

२४ माघ २०७८, सोमबार ०८:४६

ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु


बुटवल, माघ २४ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी छ।