काठमाडौं, माघ २४ । नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन हुनुभएको छ । महासंघका अध्यक्ष रमेश पौडेल एमाले केन्द्रीय सदस्यमा मनोनित भएपछि उहाँले पूर्व जिम्मेवारीबाट विदा लिनुभएपछि बरिष्ठ उपाध्यक्ष बस्नेत संयोजक चयन हुनुभएको हो ।
महासंघका उपाध्यक्ष प्रभातविक्रम कटुवालका अनुसार नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठनका समन्वय सम्यन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न महासंघको सचिवालय बैठकले १९९ सदस्यी केन्द्रीय कमिटी चयन गरेको छ ।
बैठकमा संयोजक ढकालले समग्र पार्टीको नीति, समसामयिक राजनीति, खेल तथा खेलाडी लगायतका विषयमा महत्त्वपूर्ण निर्देशन दिएको कटुवालले बताए । त्यस्तै एमाले पोलिटब्यूरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाले कार्यक्रम, कार्यनीति, भावी कार्यभार लगायतका विषयमा महत्त्वपूर्ण निर्देशन दिएको कटुवालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्