जनता टाइम्स

२४ माघ २०७८, सोमबार १५:००

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ विक्रि ?


काठमाडौं, २४ माघ । आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ तोकिएको छ ।

हिजो छापावाल सुन ९२ हजार पाँच सय र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै सेतो धातु चाँदी भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।