काठमाडौं, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटाले भोली कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले भोली बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिनुभयो ।
सभामुखले भोली दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाउनुभएको छ ।

त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।













प्रतिक्रिया दिनुहोस्