काठमाडौं, माघ २५ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मंगलबार भेट भएको छ। ओलीलाई भेट्न कोइराला उहाँको निवास बालकोट जानुभएको हो । स्रोतका अनुसार मंगलबार साँझ ओलीलाई भेट्न कोइराला बालकोट पुग्नुभएको हो । भेटमा ओली र कोइरालाबीच स्थानीय निकायको चुनावलगायत समसायिक राजनीति बारेमा छलफल भएको स्रोतले बतायो। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार दुबैबीच कुरा जारी छ।
निर्वाचन आयोगले स्थानीय निकायको चुनाव वैशाख ३० मा तोकेको छ। तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा ओलीले अडान लिनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहको नेतृत्व गरेका कोइरालाले पनि स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्षसँग कोइराला भेटघाटमा पुग्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्