काठमाडौं, २६ माघ । नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेर बहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको सहमहामन्त्री पाण्डेले बताउनुभयो ।
हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरु आज देउवा निवासमै जान लागेका हुन् ।
देउवाले व्यस्तताको कारण देखाउदै मंगलबारको बैठकमा सहभागी भएका थिएनन् । बैठकमा भोली बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा बसेको थियो ।













प्रतिक्रिया दिनुहोस्