काठमाडौं, २६ माघ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा. सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । किस्ट अस्पतालमा उपचाररत जोशीको हिजो स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
हिजो श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो। हिजो बेलुकी गरिएको इकोकार्डियोग्राफीको रिपोर्ट अनुसार जोशीको मुटुमा समस्या देखिएकाले त्यसको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचारका क्रममा उहाँको छातीमा नियोनिया संक्रमण देखिएको थियो । उहााको हाल उपचार भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्