जनता टाइम्स

२७ माघ २०७८, बिहीबार ११:५६

प्रचण्डलाई भेटेर शेखरले भने- म चुनावी गठबन्धनको पक्षमा छैन


काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहमा सत्तारुढ दलबीच गर्ने भनिएको गठबन्धन प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गर्नुभयो ।

‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ,’ प्रचण्डलाई कोइरालाको जवाफ थियो । कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेट्नुभएको थियो ।नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो ।