जनता टाइम्स

२७ माघ २०७८, बिहीबार १५:४४

यादव सिंहले अध्यक्ष ओलीलाई भेटेपछि पर्साको राजनीति तरंगित


वीरगन्ज, माघ २७ । । मधेश आन्दोलन दुई ठुला हस्ति प्रदिप यादव र राजेशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पर्साको राजनीति तरंगित भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनेका सिंहले १२ हजार १६५ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएको थियो । टिकट नपाएपछि लोकतान्त्रिक फोरमबाट मेयर उम्मेदवार बनेका विमल श्रीवास्तवका कारण उहाँको विजय रोकिएको थियो ।

वीरगन्जका लोकप्रिय नेता सिंह बुधवार एमाले अध्यक्ष ओलीलाई भेटेको तस्विर सार्वजनिक भएपछि वीरगन्जको राजनीति तरंगित बनेको हो । स्थानीय तह निर्वाचन घोषणा भएकै बेला उहाँ एमाले प्रवेश गर्न लागेको चर्चाले राजनीतिक माहौल फेरिएको छ । उहाँले भने अध्यक्ष ओलीसँग सकारात्मक कुरा भएको र चाँडै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

राजेशमानलाई ओलीसँग भेटाउने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेस दासले वीरगन्जमा एमालेलाई पाँचौबाट पहिलो शक्ति बनाउने अभियान चलेको दवी गर्नुभयो । उहाले वृहत पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष अ‍ोली फागुन १४ गते वीरगन्ज आउने भन्दै को–को प्रवेश गर्छन् त्यही बेला सार्वजनिक हुने बताउनुभयो ।

उहाँले पर्सामा यसअघि नै माओवादीबाट निर्वाचित दुईवटा गाउँपालिका अध्यक्ष छिपहरमाइका मनोज गुप्ता र जगरनाथपुरका जालिम मिया एमालेमा समाहित भइसकेको भन्दै अरु धेरै लोकप्रिय व्यक्ति एमाले प्रवेशको तयारीमा खुलाशा गनुभयो ।