काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वा गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताउनु भएको हो ।
‘सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो, के हो भन्ने अन्योल बढ्यो, त्यसले यसलाई धेरैले अन्योलमा राख्नुहुन्न, संसद्मा छलफल गराउनुपर्छ,’ प्रवक्ता महतले भन्नुभयो ।
उहाँले एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी पनि दिनुभयो । ‘एमसीसीको बारेमा पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्मा एमसीसी लानुपर्छ भन्ने निष्कर्ष रहेको छ,’ महतको भनाई छ ।
सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन । सोही कारण सभामुखले एमसीसी टेबुल गर्न भन्दा सूचना टाँस गर्दै बैठक पर धकेल्दै आउनु भएको छ ।












प्रतिक्रिया दिनुहोस्