चितवन, २८ माघ । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनस् देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्ड फ्लू देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बर्ड फ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको १०० मिटर वरपर रहेका पंक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनुभयो ।
फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ । शङ्कास्पद फर्महरूको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बर्ड फ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्