जनता टाइम्स

१९ असार २०७६, बिहीबार १५:२४

१५ दिन भित्र मास प्रिन्टर आउँछ , ३ महिनामा सबैको हातमा स्मार्ट लाइसेन्स हुन्छः मन्त्री महासेठ


काठमाडौं, असार १९

भौतिक पूर्वधार तथा यातयात मन्त्री रघुविर महाशेठले १५ दिन भित्र मास प्रिन्टर ल्याउने बताउनु भएको छ । प्रतिनिधी सभा अन्तरगतको विकास समितिको विहिबारको छलफलमा मन्त्री महाशेठले १५÷२० दिन भित्र स्मार्ट कार्ड र मास प्रिटर आउने बताउनु भएको हो ।

हाल लिखित र ट्रयाल पास गरेका ६ लाख सर्बसाधरणले स्मार्ट लाईसेन्स पाउन सकेका छैनन् । मन्त्री महासेठले ३ महिना भित्र सम्पूर्ण सर्वसाधरणले स्मार्ट कार्ड पाउने दाबी गर्नुभएको छ । उहाँले पास भएकालाई लाइसेन्स वितरणको लागि स्मार्ट कार्ड नै नभएकाले ढिला भएको समितिलाई जानकारी गराउनु भयो ।
‘हामीले यो सरकार बनिकन पनि ४ ओटा प्रिटर ल्यायौ जुन थोरै क्षमताका थिए । ती प्रिटर पहिला नै टेन्डर मार्फत खरिद गरिएकाले हामीले रोक्न सकेनौं । अहिलेका मेशिनले ८ घण्टामा जति प्रिट गर्छ मास प्रिट आएपछि एक घण्टामै त्यति प्रिट हुन्छ ।’ उहाँले भन्नुभयो‘करिब ९ लाख स्मार्ट कार्ड ल्याउनको लागि सम्झौता भैसकेको छ । ती कार्ड आएपछि स्मार्ट लाइसेन्सको समस्या समाधान हुन्छ ।’

यातयात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आगमि दिनमा स्मार्ट लाइसेन्सको समस्या समाधानको लागि थप एक मास प्रिन्टर्स र १८ लाख स्मार्ट कार्ड भित्राउन लागेको जानकारी दिनुभयो ।