जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १७:२२

तनहुँका व्यक्ति काभ्रेबाट बेपत्ता


तनहुँ, २८ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० बाङराङका तोलानारायण श्रेष्ठ (टिकाराम) काभ्रेबाट बेपत्ता हुनुभएको छ । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता हुनुभएको हो । काभ्रेको धुलिखेलस्थित आफन्तकोमा गएका उनी आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताउनुभयो ।

बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाईकन हराएका दाजु अझै फेला नपरेको उहाँको भनाई छ । गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाउनुभएको थियो । ‘दाजुको रुमाल घरी घाँटीमा राख्ने घरी टाउँकोमा बाँध्ने बानी छ’, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहनुभएको उहाँ दुई महिना अगाडि घर फर्किनुभएको थियो । १६ माघमा उहाँ तनहुँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ । उहाँलाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।