जनता टाइम्स

२९ माघ २०७८, शनिबार ०७:५९

दाङमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते



दाङ, माघ २९ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।

भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।