जनता टाइम्स

२९ माघ २०७८, शनिबार २०:३४

पाँचथरको यासोक बजारमा भीषण आगलागी


काठमाडौं, २९ माघ । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।