जनता टाइम्स

२९ माघ २०७८, शनिबार २१:००

गठबन्धन नै आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउँछ : उपमहासचिव गुरुङ


लमजुङ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गर्नुभएको छ । प्रेस चौतारी नेपाल लमजुङले आज बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राख्नुभयो ।

नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताउनुभयो । उपमहासचिव गुरुङले भन्नुभयो,‘एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।’ उहाँले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउँने बताउनुभयो ।