महोत्तरी, ३० माघ । दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताउनुभएको छ । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा काम कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्कीले त्यसको तत्काल समाधान हुने बताउनुभयो ।
आज बर्दिबास–१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको शिलान्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने गाउँ, चिसापानी, बम्जनटार, पिपल खोला, पूर्वी खोला, भाङ्ग्रे, झ्याउरे, पिपलदमा, पूर्वीखोला जस्ता ठाउँका झण्डै २ सय घरधुरीमा एक घर, एक धारो हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यो परियोजनामा रोटरी कलबको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत रहनेछ ।
झण्डै ७५ लाख लागत अनुमान गरिएको उक्त परियोजनाबाट यस ठाउँका लगभग १२ सय जनसङ्ख्या लाभान्वित हुने प्राविधिक पक्षको सर्वेक्षण छ । रोटरी कलब अफ बर्दिबास र धुलिखेलको सहयोगमा ६० लाख रोटरी कलबको तर्फबाट बेहोरिने रोटरी कवल अफ बर्दिबासका सभापति विष्णु खडकाले जानकारी दिनुभयो । ‘नगरप्रमुख विदुर कार्कीसँग आउँदा पानीको अत्यन्त समस्या देखेपछि पानीको तत्काल सावधानको लागी हामी पहलकदमीमा लाग्यौ,’ सभापति खड्काले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्