जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार १४:१०

हराइरहेको जेटका चालकको शव जापानी सागरमा भेटियो


टोकियो, १ फागुन । दुई साताअघि हराइरहेको एउटा लडाकु जेटबाट चालक दलका एक सदस्यको शव फेला परेको जापानको वायु सेनाले जनाएको छ । तालिमको सिलसिलामा रहेको एफ–१५एस लडाकु जेट ३१ जनवरीमा इसिकावा क्षेत्रको कोमातसु हवाई आधारबाट उडेको केही समयपछि सम्पर्कविहिन भएको थियो ।

लडाकु जेट हराएपछि चालक दलका सदस्यहरुको खोजी तीव्र पारिएको थियो । जापानको सागरमा खोजी कार्य गर्ने क्रममा नौसेनाले चालक दलका एक सदस्यको शव फेला परेको वायु सेनाले जनाएको छ । चालकको शव पहिचान भएको र सहचालकको शव खोजी कार्य तीव्र पारिएको नौसेनाले जनाएको छ ।

जेट विमान दुर्घटनाको कारण केही प्रष्ट पारिएको छैन । जापानमा हवाइ सेनाको जहाज बारम्बार दुर्घटना हुने गरेको छ । सन् २०१९ मा आकाशमा दिशाहीनताको अवस्थामा पुगेपछि एफ–३५ ए जेट विमान दुर्घटनाग्रस्त भएको थियो ।