काठमाडौँ, फागुन १ । राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्षसहित तीन दर्जन नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नूभएको छ ।अध्याक्ष धर्म सिमाली र माओवादी केन्द्र काठमाडौं जिल्ला सदस्य जुद्धबहादुर नेपालीसहित तीन दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।
उहाँहरुलाई एमाले महासचिव शंकर पोखरेलले एमालेमा स्वागत गर्नुभएको हो । आइतबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई एमालेमा स्वागत गर्दै एमाले महासचिव पोखरेलले एमालेको पहिचानलाई थप बलियो बनाउन आग्रह गर्नुभयो । दाङ स्थायी घर भएका उहाँहरु राजधानीमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आउनुभएको थियो ।
जनमोर्चा छाडेर एमालेमा आउनुभएका नेता धर्म सिमालीले एमालेले अंगालेको विचारबाट मात्रै देशको विकास हुने ठानेर पार्टी प्रवेश गरेको बताउनुभयो । उहाँले अब यही पार्टीमा रहेर देश र जनताको पक्षमा राजनीति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । माओवादी छाडेर एमाले आउनुभएका नेता नेपालीले एमालेको नीति र विचारबाट प्रभावित भएर नै प्रवेश गरेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्