जनता टाइम्स

२ फाल्गुन २०७८, सोमबार १०:४५

प्रभु साहको ठोकुवा : प्रचण्ड लाल गद्दार, जनयुद्धको उपलब्धि कुर्सीसँग साटे


गौर, फागुन २ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’ को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको तथ्य राख्नुभएको छ । रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई ‘लाल गद्दार’को संज्ञा दिनुभयो ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौं शहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउँमा चढाएको उहाँको भनाई छ ।
नेता साहले रौतहटका प्रथम ुजनयुद्धु शहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे । फतुवा विजयपुर नगरपालिकाकि उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाईमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरुको सहभागिता रहेको थियो ।