काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताउनुभएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताउनुभएको हो ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताउनुभएको हो ।

बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राख्नुभएको थियो । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिनुभएको छ । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरिएको छ । यसैगरी आजको एमाले संसदीय दलको बैठक सकिएको छ ।













प्रतिक्रिया दिनुहोस्