काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई देखाइ दिन महाअभियोग दर्ता गराएको बताउनु भएको छ । कांग्रेस नेता पौडेलले अमेरिकी स्हयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अव संसद्मा अघि बढने घोषणा पनि गर्नुभएको छ ।
‘नेपाल बार र न्यायाधीशहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो। उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन,’ पौडेलले भन्नुभयो, ‘त्यो भनेको महाअभियोग लगाएर देखाउ भनेको हो । त्यसैले महाअभियोगको प्रस्ताव ल्याइएको हो ।’
आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले अव भने एमसीसी रोकेर नराख्ने बताउनु भयो । ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्मा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसद्मै हुन्छ,’ पौडेलको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्