काठमाडौं, फागुन २ । चर्चित अभिनेत्री रेखा थापाले विवाह गर्नु भएको छ । उहाँले अमेरिकामा रहेर ब्यापार गर्दै आउनुभएका जाजरकोटका बलराम शाही ठकुरीसँग काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गर्नु भएको हो ।
थापा र शाही लामो समयदेखि प्रेममा हुनुहुन्थ्यो । ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आउनु भएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आउनु भएको थियो ।
हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गर्नुभएको थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत चलचित्रमा अभिनय गरिसक्नु भएको छ । अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण पनि गर्नुभएको छ ।
३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय हुनु भएको छ । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठ्नु भएको थियो । तर कुन्ती शाहीसँग पराजित हुनुभयो ।
प्रतिक्रिया दिनुहोस्