जनता टाइम्स

२ फाल्गुन २०७८, सोमबार २२:२४

मोबाइल बिगारेको निहुँमा चक्कुले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


काठमाडौं, २ फागुन । झापामा एक व्यक्तिले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन्।श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

हत्या गरी भागेका तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको थियो।उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ। मृतकको शव पोष्टमार्टमको गर्न मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ।