जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार ०९:१७

प्रेम आलेबारे सूर्य थापा : कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ


एक राैं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाकाे अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियाेस्! पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाकाे ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हाे। खासमा जे राेपियाे, त्यही त फल्याे! एउटा सुझाव- उसकाे अडियाे गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस

काठमाडौं, फागुन ३ । एमाले नेता सूर्य थापाले माधव कु. नेपालका रोलमोडेल मन्त्रीको ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधोपतनका रूपमा सार्वजनिक भको भन्दै एकै ठाउँमा बसेर सुन्न प्रधानमन्त्रीसहित गठबन्धनका पाँच नेतालाई सुझाउनु भएको छ । मन्त्री आलेले सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की दिएको भन्दै थापाले तत्काल बर्खास्त गर्न पनि माग गर्नुभएको छ ।

‘अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ ! थापाले भन्नुभएको छ,’एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्१ पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो। खासमा जे रोपियो, त्यही त फल्यो ! एउटा सुझाव-उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस् ।’

यस्तो छ थापाको माग

माधव कु. नेपालका राेलमाेडेल मन्त्रीकाे ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधाेपतनका रूपमा सार्वजनिक भएछ। सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलाेज र अपहरणको धम्की। अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भए/गरेर कारबाही गर्नुपर्ने हरामी अपराधीकाे निर्लज्ज ढलीमली र उन्माद पाेखिएछ !
एक राैं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाकाे अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियाेस्! पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाकाे ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हाे। खासमा जे राेपियाे, त्यही त फल्याे! एउटा सुझाव- उसकाे अडियाे गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस् ।
र, श्री माधव कु. नेपाल महाेदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीकाे कुर्सीमा राखेर पाैने तीन कराेड सभ्य नागरिकमाथि अझै कति र कस्ताे शासन गरिरहनु हुन्छ ? कालाे रूमालले मुख छाेपेर हिड्न थालिहाल्नुहाेस् ।