जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार १२:०८

बुटबलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


काठमाडौं, ३ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापा रहेका छन् ।

दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमा उपचार भईरहेको छ । लु ६० प ३६५२ नम्बरको मोटरसाईकल आज बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।