जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलबार १३:५२

अख्तियारको प्रवक्तामा भण्डारी


काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिएको छ । आजबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा जनाएको छ ।