जनता टाइम्स

४ फाल्गुन २०७८, बुधबार १६:१३

महाअभियोग लगाउनुको रहस्य खुल्यो : काँग्रेसका नेताले भने– चोलेन्द्रशमशेर विरूद्ध हस्ताक्षर गर्न लगाएर एमसिसीमा प्रचण्ड भागे


काठमाडौं, फागुन ४ । नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्। बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड अहिले भागेको एक सांसदले बताउनुभयो । ‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भन्नुभयो । यस्तै अर्का सांसदले पनि माओवादीले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाउनुभयो ।

प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर धोका दिएको बताए। ‘सुरूमा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं हामी एमसिसीमा सहयोग गर्छौं भने, आज आएर सहमति तोड्ने कुरा गर्छन्’, ती सांसदले भन्नुभयो । अव सत्ता गठबन्धनबीच भएका रहस्यमय कुराहरु दिन प्रतिदिन बाहिरीने एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो प्रचण्ड भन्ने एक गर्ने अनेक हुनुहुदो रहेछ ।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो।बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन।