काठमाडौं, ५ फागुन । सुनसरी। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ।
बुधबार धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो।जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । प्रहरीले टाउको र दाहिने खुट्टा फेला परेको जनाएको छ ।
पुरुषको जस्तो देखिने टाउकोको पहिचान भने खुलेको छैन ।घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।अहिले घटनास्थलतर्फ कुकुरसहित प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटना बारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्