जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार २२:५५

ओली-देउवाबीचको वार्ता सम्पन्न


काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सम्पन्न भएको छ । बालकोटबाट वार्ता सकाएर राती सवा १० बजे देउवा बालुवाटार फर्किनुभएको हो । बालकोटबाट बाहिरिने क्रममा देउवाले सञ्चारकर्मीलाई भने कुनै प्रतिक्रिया दिनुभएन । सत्ता गठबन्धनको बालुवाटारमा आजै साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुग्नुभएको थियो ।

बालकोटमा ओलीसँग दुई चरण वार्ता गर्नुभयो । पहिलो चरणको वार्ता गरेर फर्किनुभएको देउवा फेरि बालकोट नै फर्किनुभएको थियो । देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास बालकोट पुग्नुभएको थियो भने १०ः १५ मा फर्किँदा समग्र एमसीसी र अन्य रणनीतिका विषयमा छलफल भएको बुझिएको छ । देउवाले सत्तारुढ दलको असहमतिका बीच एमसीसी भोलिको बैठकमा टेबुल गर्ने बताउँदै आउनुभएको छ । यसैबीच अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया दिनुभएको छैन ।