काठमाडौँ, फागुन ६ । दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।शुक्रबार काठमाडौँको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृह मन्त्रालयको परिपत्रअनुसार जान पाउने देखिएको बताइएको छ ।
अन्य व्यक्तिहरुसँग भने गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको हो ।गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्