काठमाडौं, ७ फागुन । कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाउनुभएको हो ।
प्रजातन्त्र दिवसको अवसर पारेर थापाले नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको हो। शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ।
सम्वद्र्धनवाद, सुशासन र समृद्धि नारासहित कमल थापाले नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको हो । उहाको साथमा पूर्व राप्रपाका केही नेता खुलेर लागेका छन् भने केही नेता खुलेका छैनन्। एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि असन्तुष्ट भएका थापाले राजसंस्थाको एजेन्डा छोडेर हिन्दु राष्ट्रलाई मुल आधार बनाएर पार्टी घोषणा लाग्नु भएको हो ।













प्रतिक्रिया दिनुहोस्