काठमाडौं, ७ फागुन । रेस्लर एवं कलाकार अस्मिता जुरेलीको स्वर रहेको ‘खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।
‘खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएसँगै दर्शकले माया गरी मन पराउनुभएको छ । जुरेलीको स्वर रहेको यस गीतमा आफै स्वयंमले अभिनय गर्नुभएको छ । बजारमा ल्याइसकेपछि उक्त गित सबैले मन पराउनेमा आफू विश्वस्त रहेको रेस्लर जुरेलीले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘मेरो आवाजमा रहेको गित ‘खोजे मैले मायालाई हिमालमा’ बजारमा हिजो मात्रै सार्वजनिक भएको छ, आसा छ सबैले हेरेर मन पराइदिनुहुनेछ, माया गर्नुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ ।’ कोय दिलिपको शब्द, संगीत रहेको गीतको प्रोडक्सन डिजाइनर रामजी रावतले गर्नुभएको हो । मनोज लामाको मेकअप रहेको गीतमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्