गुल्मी, फागुन ७। एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष बाबुराम खडका सहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं स्थानीय नेकपा एमालेमा प्रबेश गरेका छन । काङ्ग्रेस, माओवादी केन्द्र र बिबेकशिल साझा पार्टीबाट दुई दर्जन बढी कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन ।
पार्टी प्रवेश गर्ने अध्यक्ष खड्कासहितका अगुवा कार्यकर्तालाई एमाले केन्द्रिय सचीव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्ट र एमाले जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिह काउछासहितले विभिन्न पार्टी परित्याग गरि एमालेमा आएकाहरुलाई स्वागत तथा सम्मान गर्नुभएको थियो । धुर्कोट गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रमको अवसरमा नेकपा एमालेका सचीव गोकर्ण बिष्टले एमसिसी सत्ता गठबन्धनलाई तातो दूध निल्नु न ओकल्लु भएको बताउनुभयो ।उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दुई जिब्रे प्रवृत्तिको कारण एमसिसिको बिवाद बल्झाएर गठबन्धनले अराजकता शृजना गरेको बताउनुभयो।

उहाँले एमसिसिको बिषयमा प्रचण्डले अमेरिका सहमतिको पत्र पठाएर सदनमा असमती र सडकमा आन्दोलन गरिएकोले दुई मित्र राष्ट्र अमेरिका र चिनका विरुद्धमा नागरिकमा भ्रम फैलिरहेको बताउनुभयो ।नेकपा एमालेको उदेश्यनै जनताको समृद्धि भएकाले सत्ता बाहिर हुँदा पनि एमाले प्रतिको जनलहर बढिरहेको बिष्टले बताउनुभयो । एक हप्ताको निर्वाचन क्षेत्र भ्रमणमा आएका बिष्टले एक दर्जन बिकास आयोजनाको उद्घाटन तथा पार्टी कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ता एमालेमा प्रबेश गराउनुभएको छ ।कार्यक्रममा जिल्ला इन्चार्ज दिनेश पन्थीले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर काङ्ग्रेस माओवादी अत्तालिएको दावी गर्नुभयो ।

उहाँले अब जनता झुक्याएर र सत्ता तथा श्रोतको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजबादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताउनुभयो । त्यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बालसिह काउछाले आगामी निर्वाचनहरुमा पिपलधारामा एमालेको लालझन्डा फहराउने बताउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको राम्रो अभिमत हुँदाहुँदै काङ्ग्रेस माओवादी चुनावी समीकरणको कारण आफुहरु पराजित भएको बताउनुभयो। अहिले पनि गाउँपालिकाका प्रमुख÷उपप्रमुखसहित काङ्ग्रेस र माओवादी नेताहरूले युवाहरूलाई कोरिया र जागिरका चुनाब केन्द्रित भ्रम छर्ने कामको कडा प्रतिवाद गर्न पार्टी कमिटीलाई निर्देशन दिनुभयो ।
उहाँले सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने काउछाले प्रतिबद्धता जनाउनुभयो। पार्टी प्रवेश पछि खड्काले पार्टीको आन्तरिक जीवनमा केहि असहज परिस्थिति देखा परेकाले केही समय पार्टीबाट टाढा भएपनी अब अझ अठोट र उर्जाका साथ काम गर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्