काठमाडौं, ८ फागुन । एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्को विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन् । उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाउनुभयो । यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाउनुभयो । सासद दुर्गा पौडेलले पनि विरोध जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्