जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १४:३७

एमसीसी पेस भएपछि संसद बैठक बिहीबारसम्मलाई स्थगित


काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गर्नुभएको हो ।

उहाँले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भन्नुभयो,‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’