काठमाडौं, फागुन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने घोषणा गर्नुभएको छ । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै प्रधानमन्त्री देउवाले यस्तो घोषणा गर्नुभएको हो । उहाँले अब एमसीसीका बाधा हटेको र पारित हुने बताउनु भयो ।
सभामुख अग्नि सापकोटाले लामोसमयदेखि रोकेर राख्नुभएको एमसीसीलाई आज पशे गर्न सहमति जनाउनु भएको थियो । सभामुख एमसीसीमा सहमत भएपछि आज प्रतिनिधिसभामा टेबल भएको छ । आजको बैठकमा एमसीसी टेबल भएपछि प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री देउवालाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अब पास हुन्छ ।’ प्रधानमन्त्रीको संकेत माओवादी, नेकपा एसदेखि सत्तारुढ सवै सांसदले एमसीसीमा मतदान गर्ने थियो ।













प्रतिक्रिया दिनुहोस्