जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १५:४५

माधवको दोहोरो चरित्र : एमसीसी पास गर्न समर्थन हुन्न


काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताउनुभएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आज संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’