झापा, फागुन ९। झापाकी पत्रकार माया पकवालको निधन भएको छ ।मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको भद्रपुरका पुराना पत्रकार चिन्तामणि दाहालले बताए ।५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ बजे अन्त्येष्टि गरिँदैछ ।पकवाल लामो समय भक्तपुरको मिर्गौला प्रत्यारोपण उपचार गराएर घर फर्किएकी थिइन् । उनको पाँच वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । केहीअघि उनलाई कोरोना संक्रमण पनि भएको थियो ।
पत्रकार पकवालको निधन













प्रतिक्रिया दिनुहोस्