जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार १०:४७

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु


बाँके, ९ फागुन । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता विसि रहनुभएको छ।

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बिसि च्यापिनुभएको थियो । घाइते भएकी विसिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।