जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार २१:२२

स्काउटको “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली बन्नुभयो एमाले अध्यक्ष ओली


काठमाडौँ, फागुन ९। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको मेधावी योगदान पदक प्राप्त गर्नुभएको छ । विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

नेपाल स्काउटका अनुसार ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । प्रधानमन्त्रीकै रुपमा ओलीले बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम नै सुरुआत गर्नुभएको थियो । नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।