जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार ०७:२६

१२ प्रहरीलाई बर्खास्त गर्ने प्रहरी मुख्यालयको अन्तिम तयारी


काठमाडौं, फागुन १० । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसरी कार्यालयमा हाजिर नभएको कारण बर्खास्तीमापर्न लागेकामा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक हुनुहुन्छ ।