जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार ०८:३०

कलाकार जयनन्द लामाको निधन


काठमाडौँ, ११ फागुन । कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।उनले ‘कलकत्ते काइँयो’ लगायतका चर्चित गीतहरू गाएका थिए । यस्तै पछिल्लो समय चलचित्र अभिनयमा पनि व्यस्त थिए ।

उनले छक्का पन्जा चलिचत्रका केही सिरिजहरूमा अभिनय गरेका थिए । भने नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो नेपाल लोकस्टारको निर्णायकको भूमिकामा आबद्ध थिए ।