जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार १७:१६

अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी



काठमाडौं, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ। नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो।यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाह विरुद्ध जाहेरी दर्ताको प्रयास भएको थियो।

कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो।ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए। काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहलेु गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो। गर्भवती छौँ ?भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो।शाहले अभिनय गरेको चलचित्र म यस्तो गीत गाउँछु(२ शुक्रवार रिलिज हुँदैछ।

सो फिल्मकी निर्मात्री पूजा शर्माले बालिकालाई केही दिन उजुरी नगर्न आग्रह गरेको स्रोतले बतायो।गायिकाले उजुरी दिन सक्ने जोखिम देखेर शाहले उनलाई आफुसँगसँगै लिएर हिँडेका थिए।

बुधवार उनी घर जान्छु भनेर पोखरा पुगेकी थिइन्। त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराइन्।नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो। सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ।